वैदिक सनातन संस्कृतिलाई नारीहरुलाई शक्तिकाे रूप मानिन्छ र कन्याहरूलाई साक्षात् देवीकाे रूपमा पुजा गर्ने गरिन्छ । प्राचीन समयमा कन्याहरूले गुरुकुलमा पढेर वैदिक ज्ञान प्राप्त गर्थे र विदुषी बन्दथे । त्यस्ता नारीहरू सामाजिक समृद्धिका संवाहक बनेका थिए । गार्गी, मदालसा, घाेषा, अपालाजस्ता कतिपय नारीहरू त वैदिक मन्त्रद्रष्टासमेत बनेका थिए । आज त्याे अवस्था देखिदैन, प्राचीन नारीशिक्षा परम्परा लुप्त हुँदैछ । त्यसैले समाजमा चारित्रिक न्यूनता बढिरहेकाे छ । वास्तवमा संस्कार दिने शिक्षा गुरुकुलशिक्षा नै हाे भने संस्कार दिने भाषा संस्कृतभाषा हाे । त्यसैले कन्याहरूका लागि पनि संस्कारयुक्त शिक्षा दिन कन्या गुरुकुल आवश्यक भएकाे हाे । संस्कृत वाङ्मयका आधिकारिक विदुषी एवं राष्ट्र र राष्ट्रियताका लागि समर्पित शास्त्रीय विषयकाे व्याख्यान गर्न सक्ने याेग्य नारी जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएर नेपालकाे मध्यभागमा पर्ने शालग्रामवाहिनी पुण्यसलिला नारायणी नदीकाे पावन तटवर्ती पवित्र तीर्थस्थल देवघाटधाममा नेपालकै पहिलाे कन्या गुरुकुलकाे रूपमा गार्गी कन्या गुरुकुल सञ्चालन गरिएकाे छ ।
नेपालकै पहिलाे समावेशी गुरुकुल

समाजसेवी माता भगवती उपाध्याय