श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा सञ्चालित नेपालकै पहिलाे समावेशी गुरुकुल
[ x ]
शैक्षिक सत्र २०८३ कक्षा ६ को लागि नयाँ भर्ना
Close All

हाम्राे उद्देश्यहरू

  • आजकाे भाैतिक जीवनपद्धति र प्राचीन आध्यात्मिक जीवन पद्धतिकाे समेत आत्मसात् गर्ने जनशक्ति तयार गर्ने
  • नारीहरूलाई आध्यात्मिक चेतनाले अनुप्राणित जीवनप्रति उत्प्रेरित गर्ने
  • वेद, उपनिषद्, धर्मशास्त्र र षड्वेदाङ्गकाे आधिकारिक व्याख्या गर्न सक्ने जनशक्ति तयार गर्ने
  • नारी सशक्तिकरणका दिशामा शास्त्रले दिएका महत्वहरूकाे बाेध गराई समाजलाई सचेत र जागरुक गराउन सक्षम र सशक्त नारीहरू तयार गर्ने
  • आध्यात्मिक तथा नैतिक शिक्षा प्रसार गर्ने तथा पुराण वाचन गर्न सक्ने नारीशक्ति तयार गर्ने
  • आयुर्वेद र ज्याेतिषविज्ञानका साथै आत्मरक्षामूलक तालिम तथा याेगकाे प्रशिक्षण दिई बहुआयामिक नारीशक्ति तयार गर्ने
  • धर्म जाति र वर्गका आधारमा हुने कुनै पनि विभेदबाट मुक्त रहि प्राच्य तथा आधुनिक शिक्षा पद्धतिअनुरूप नारी शिक्षालाई उन्नत र समृद्ध तुल्याउने
  • मानव जीवनकाे मूल लक्ष्य सुखशान्ति र आनन्दकाे अनुभूतिप्रति एकाग्र समर्पित नारी शक्ति तयार गर्ने
  • समाजमा असल नारीकाे आदर्श स्थापित गरी आफ्नाे परिवार,  समाज र सिङ्गाे मानव समुदायलाई प्रेरणा प्रदान गर्न सक्ने नारीशक्ति तयार गर्ने