श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा सञ्चालित नेपालकै पहिलाे समावेशी गुरुकुल
[ x ]
शैक्षिक सत्र २०८३ कक्षा ६ को लागि नयाँ भर्ना
Close All

हार्दिक बधाई एवम् शुभाशिर्वाद

विद्वत् परिषद् नेपाल र राष्ट्रिय गुरुकुल शिक्षा परिषद्‌को सहआयोजनमा पशुपतिनाथको काखमा अवस्थित वनकालीको कृपालु उद्यानमा आयोजित राष्ट्रव्यापी शिवदर्शन एवं भक्तितत्त्व विषयक प्रवचनात्मक वक्तृत्वकला प्रतियोगितामा नगद राशि रू ११,०००/ सहित प्रथमस्थान हासिल गर्न सफल यसै गुरुकुलमा १२ कक्षामा अध्ययनरत छात्रा रोशनी लामिछाने र ८,०००/ नगद राशिसहित द्वितीयस्थान हासिल गर्न सफल यसै गुरुकुलकी कक्षा ९ मा अध्ययनरत छात्रा सुस्मा ढकाललाई हार्दिक बधाइ र उत्तरोत्तर प्रगतिको कामनासहित शुभाशीर्वाद प्रदान गर्दछौँ । गुरुकुलको सफलतामा महत्त्वपूर्ण योगदान दिनुहुने गुरु तथा गुरुआमाहरूप्रति पनि हार्दिक आभार छौँ ।